धादिङ जादा बसको दुर्घटना १९ को मृत्यु।

११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको गाविसमा मंगलबार भएको यात्रुबस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारका अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पद्मबहादुर थापा छन् । यस्तै गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ ।
माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ। बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।
धादिङ जादा बसको दुर्घटना १९ को मृत्यु।
Reviewed by Nepali khabar
on
8:22 AM
Rating:

No comments: